सांसदहरूको शपथ ग्रहण कार्यक्रममा सबैको आकर्षणका केन्द्र बनेका थिए सांसद प्रदीप यादव।
मधेसको पहिरनमा सजिएर संघीय संसद भवन प्रवेश गरेपछि अधिकांश व्यक्तिहरूको आकर्षणको केन्द्र बिन्दु उनी बनेका थिए।
जनताको जनमतबाट निर्माण भएको गणतान्त्रिक संविधानपछि सम्पन्न भएको पहिलो संघीय संसद भावनमा आइतबार दिउँसो सांसदहरूको सपथ कार्यक्रम सम्पन्न भएको छ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव मधेसकै पहिरनमा मातृभाषा भोजपुरीमा नै सपथ लिएका छन्। ठूलो दलबलका साथ पार्टी कार्यालयबाट धोती, कुर्ता र मधेसी पगरीसहितको पहिरनमा संसद भवन प्रवेश गरेका सांसद यादवले मातृभाषा भोजपुरीमा शपथ लिएका छन्।
प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले नेपालीसहित ८ भाषामा सपथ लिएका थिए। संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेका सांसद प्रदीप यादवले संसद सचिवालयमा मातृभाषा भोजपुरीमा शपथ लिने निवेदननै दर्ता गराएर शपथ लिएका छन्।
उनले भने, ‘जिल्ला र क्षेत्रका सबै जनताले सहजरूपमा बुझ्नको लागि नै नेपाली र हिन्दी भान्दा पनि मातृभाषा भोजपुरीमा आफूले शपथ लिएको हुँ, वर्षौदेखि पछि पारिएको मधेस पहिचानकै लागि दुई पटक आन्दोलित भयो।’
भाषा, संस्कृति र पहिचानको लागि नै मधेसमा आन्दोलन भएकोले आफू मधेसकै पहिरनमा भोजपुरीमा सपथ लिएको उनको भनाइ थियो।अबको ५ वर्ष मधेस आन्दोलनबाट उठेका मागहरूलाई पुरा गराउनुको साथै विकासको लागि पनि संघीय ससंदमा आफू अनवरत संघर्षरत रहने सांसद यादवले बताए।