आगामी फागुन २९ गते हुने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन्।
आइतबार निर्वाचन आयोगले उम्मेदवारको निर्वाचन प्रचारप्रसार खर्चको सीमा तोकको हो।
आयोगका प्रवक्ता नवराज ढकालले उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने जानकारी दिएका हुन्।