प्रतिनिधि र राष्ट्रिय सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन्। दुबै सदनका जेष्ठ सदस्यले अन्य सदस्यलाई नयाँ बानेश्वरस्थित संसद भवनमा सपथ खुवाएका हुन्।
पहिला प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधि सभा सदस्यलाई सपथ खुवाएका थिए।
केहीबेरमा राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले ५६ जना सदस्यलाई सपथ खुवाएकी थिइन्। ठाकुर र भट्टले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए।
सपथपछि सांसदहरूले सांसदको लोगो लगाएका छन्।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाट १६५ जना र समानुपातिकबाट ११० जना सांसद निर्वाचित भएर आएका छन्।
प्रतिनिधि सभाको चुनाव भएको ३ महिनापछि सांसदले सपथ लिएका हुन्।
सोमबार दुबै सदनकको संयुक्त बैठक बस्नेछ।