प्रतिनिधिसभाका जेष्ठ सदस्यको रूपमा महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्यको रूपमा तारा देवी भट्टले सपथ ग्रहण गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ ग्रहण गराएकी हुन्।
ठाकुरले मैथिली भाषामा सपथ लिएका छन्।
बानेश्वरस्थित संघीय संसद भवनमा निर्वाचित सांसदलाई दिउँसो चार बजे उनीहरूले सपथ खुवाउने छन्।
सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको उपस्थिति रहेको थियो।