प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय बाँडफाँटलगायत विषय भएको छलफल पुन : बस्ने गरी सकिएको छ।
बैठक आजै सपथ ग्रहणपछि पुन: बस्ने गरि छलफल भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकमा एमालेबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र फोरमबाट अध्यक्ष उपेन्द्र यादव, रामसहाय यादव, राजेन्द्र श्रेष्ठ सहभागी थिए।