महिन्द्रराय यादवले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट शपथ नलिने भएका छन्।
आफ्नै प्रस्तावमा महन्थ ठाकुरले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट सपथ लिन लागेको यादवले बताए।
यादव वास्तवमा ६३ वर्षको भए पनि नागरिकता अनुसार उनको उमेर ८० वर्ष देखिएको थियो। महन्थ ठाकुर भने ७५ वर्षका भए।
दिउँसो १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।
प्रतिनिधि सभाका २७५ सदस्यले अपरान्ह ४ बजे र राष्ट्रिय सभाका ५६ जनाले साँझ ५ बजे सपथ लिने संसद सचिवालयले जनाएको छ।