प्रदेश ३ को मन्त्रिपरिषद विस्तार भएको छ।
बुधबार एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपिएपछि प्रदेश ३ को मन्त्रिपरिषद विस्तार भएको हो। प्रदेश प्रमुख अनुराधा कोइरालाले चार जना मन्त्रीलाई सपथ खुवाएकी हुन्।
एमालेबाट अरुण नेपाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्, कैलाश ढुंगेल अर्थ तथा योजना मन्त्री बने भने दावादोर्जे लामा कृषि तथा सहकारी मन्त्री बन्न सफल भएका छन्।
त्यस्तै, युवराज दुलालले सामाजिक विकास मन्त्रालय सम्हालेका छन् । यसअघि केशव स्थापित भौतिक पूर्वाधार र गृहमन्त्री शालिकराम जमरकट्टेलले मन्त्रालय सम्हालिसकेका छन्।