जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्षभित्र माक्स लगाउन नपर्ने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री पण्डितले देश र जनताको हित विपरीत काम गर्ने जस्तोसुकै व्यक्तिलाई पनि दण्डित गर्न आफू पछि नपर्ने पनि स्पष्ट पारे। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वातावरणीय प्रभाव मूल्यांकन नगरी खुलेका उद्योग बन्द गराउन अरुले नसकेपछि त्यस्ता उद्योगलाई दण्डित गर्न आफू अग्रसर भएको पनि स्मरण गराए।
मन्त्री पण्डितले देश र जनताको पक्षमा काम गर्दा आफूलाई सबैले साथ दिने विश्वास पनि व्यक्त गरे।