नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुलाई लञ्च (विहानी खाना) को लागि बोलाएका छन्।
फागुन २१ गते हुने पार्टी संसदीय दलको निर्वाचन नजिकिँदै गरेको बेला उनले निर्वाचित सांसदसहित अन्य नेताहरुलाई पनि टोखास्थित आफ्नै निवासमा 'लञ्च मिटिङ'को लागि बोलाएका हुन्।
कोइरालाले सांसदहरुलाई स्वागत गर्न लञ्च मिटिङ्ग राखेको केन्द्रीयस सदस्य कल्याण गुरुङले बताए।
संसदीइ दल निर्वाचनको बेला भएको यो मिटिङलाई भने अर्थपूर्णरुपमा हेरिएको छ। कोइरालाले सर्वसम्मत हुने भए आफु दलको नेता बन्न तयार रहेको बताउँदै आएका छन्।
स्वयं सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका नेता प्रकाशमान सिंह दलको नेता बन्ने दौडमा छन्। देउवाले छोड्ने हो भने कोइराला सर्वसम्मत हुने सम्भावना भएको गुरुङले बताए। देउवाले दलको नेता बन्न नहुने आवाज पार्टीभित्र उठीरहेको छ। तर संसदमा देउवापक्षका सांसदहरुको बहुमत भएकाले उनले दाबी छोड्ने संभावना भने कम छ।