नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उत्पादनमूलक उद्योग प्रवद्र्धन गर्न आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनले व्यापारका क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्ने योजना पनि अघि सारे। आफूलाई बधाई दिन मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री यादवले औद्योगिक क्षेत्रमा देखिएको समस्या निजी क्षेत्रसँग मिलेर समाधान गर्ने पनि बताए।
उत्पादनमूलक उद्योग प्रवद्र्धनमा लागि पर्ने प्रतिवद्धता मन्त्री यादवले व्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले जानकारी दिइन्। मन्त्री यादव मुलुकको वाणिज्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि सकारात्मक रहनु भएको पनि उनले बताइन्।
मन्त्री यादवसँगको भेटमा महासंघले सरकारले उद्योग संचालनका लागि आवश्यक वातावरण बनाउने विश्वास व्यक्त गरेको थियो ।