प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री ओलीले एमालेका २ र माओवादी केन्द्रका २ जनालाई थप गरी मन्त्रीपरिषद विस्तार गरेका हुन्।
यो सँगै ओली नेतृत्वको मन्त्रीमण्डल ७ सदस्यीय भएको छ। थपिएका मन्त्रीहरुमध्ये नेकपा एमालेका महासचिव ईश्वर पोखरललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी एमालेकै डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाइएको छ।
माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा गृहमन्त्री बनेका छन भने सोही पार्टीका नेता मातृका यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसैबीच, नवनियुक्त चारै जना मन्त्रीहरुले पद तथा गोपनियतको सपथ लिएका थिए।
राष्ट्रपति विद्या भण्डारीले सोमबार अपरान्ह राष्ट्रपति भवन सितल निवासमा नवनियुक्त रक्षामन्त्री पोखरेल, गृहमन्त्री थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव र अर्थमन्त्री खतिवडालाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।
एमाले महासचिव पोखरेललाई प्रधानमन्त्री ओलीपछिको दोस्रो वरियतामा रहने गरी रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो। यसअघि एमालेका लालबाबु पण्डितलाई स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालय र थममाया थापालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनाएको थियो। हेर्नुहोस् कस्तो भयो ओली मन्त्रिपरिषद
https://youtu.be/oUOv87nNXok