सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिने बताएका छन्।
वरिष्ठ नेता नेपालले मुलुक विकासको लागि शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रको विकासका विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याए।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र यातायातजस्ता पूर्वाधारको विकासबाट मात्रै मुलुकको समग्र क्षेत्रको विकास हुने पनि स्पष्ट पारे।
वरिष्ठ नेता नेपालले मुलुकमा हत्या, हिंसा सदाका लागि अन्त्य भएको दाबी समेत गरे। उनले मुलुक शान्तिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै इमान्दार र निष्ठाका साथ देशको सेवामा समर्पित हुनुपर्ने आवश्यकता पनि औंल्याए।