नवनियुक्त गृह मन्त्री राम बहादुर थापाले अध्यागमनको नीति बनाउने र सुधारका लागि एउटा कार्यदल गठन गरेका छन्।
सोमबार पदभार ग्रहणपछि उनले गृह मन्त्रालयको नीति महाशाखाका प्रमुख केदार न्यौपानको संयोजकत्वमा कार्यदल गठन गरेका हुन्।
कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यागमनका समस्याको पहिचान गरी सुधारका लागि कार्यदल बनाउने थापाले जानकारी दिए।