प्रदेश नम्बर-६ को नामाकरण कर्णाली हुने र राजधानी सुर्खेत राख्ने सर्वसम्मत निर्णयको राप्रपाले स्वागत गरेको छ।
राप्रपा समेत सहभागी सरकारले प्रदेश नं ६ को राजधानी सुर्खेत हुने निर्णय गरेको थियो।
प्रदेश नं ६ को राजधानी सुर्खेत हुने राप्रपाको आधिकारिक धारणा भएको बताएको छ। राप्रपाले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा प्रदेश सभाका सांसदलाई यसबारे पार्टीले ह्विप/निर्देशन जारी नगरेको हुँदा राप्रपाका सांसद सोशीला शाहीले सुर्खेतको बिपक्षमा गरेको मतदान गरेको स्पष्ट पारेको छ।
‘शाहीले राजधानीबारे गरेको मतदान उनको व्यक्तिगत धारणा हो, पार्टीको आधिकारिक लाईन नभएको प्रष्ट पार्दछौं साथै प्रदेशको नामाङ्कन र राजधानी सर्वसम्मत निर्णय गर्ने सबै राजनीतिक दललाई धन्यवाद ज्ञापन गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।