नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले नयाँ सरकारले मुलुकमा आर्थिक समृद्धिको अभियान सञ्चालन गर्ने दाबी गरेका छन्।
नेता शर्माले मुलुकको समग्र हितका लागि एमालेसँग पार्टी एकता गर्ने निर्णय लिइएको पनि बताए।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठनको तेस्रो केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको समग्र क्षेत्रको हितमा केन्द्रीत हुने गरी आफ्नो योग्यता र क्षमताको प्रदर्शन गर्न पनि निजामती कर्मचारीलाई सचेत गराए।
नेता शर्माले नयाँ सरकारले आवश्यकता र औचित्यको आधारमा कर्मचारीहरूको पुनर्संरचना गर्ने आश्वासन पनि दिए।