चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले दुई जना विप्लव नेतृत्वका माओवादी कार्यकर्ता पक्राउ गरेको छ।
चुनावको समयमा विष्फोटक पदार्थ ओसार पसार र विस्फोटमा संलग्न भएको भन्दै प्रहरीले दीपेन्द्र चलाउने र किशोर न्यौपानेलाई पक्राउ गरेको हो।
लामो समयदेखि खोजी सूचीमा रहेका न्यौपानेलाई काठमाडौंबाट प्रहरीले ३ दिन अगाडि र चलाउनेलाई शुक्रबार दिउँसो कमलपोखरीबाट पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका उनीहरूलाई सार्वजनिक मुद्दा चलाइने काठमाडौं प्रहरी प्रमुख विश्व पोखरेलले सेतोपाटीलाई बताए।
‘कुनै पनि राजनीतिक दलको आडमा गरिने जुनसुकै अपराधिक गतिविधि प्रहरीलाई मान्य हुन्न,’ उनले भने,‘उनीहरूसहित बन्दका क्रममा पक्राउ परेका ४ जना माओवादी कार्यकर्तालाईसमेत सार्वजनिक मुद्दा चलाइन्छ।’