पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका नेकपा एमाले र माओवादी केन्द्रले संघीय सांसदलाई संयुक्त प्रशिक्षण दिने भएका छन्।
बिहिबार बालुवाटारमा दुई दलका नेताहरुबीच भएको छलफलमा फागुन १९ र २० गते प्रतिनिधि र राष्ट्रिय सभाका सांसदलाई प्रशिक्षण दिने निर्णय गरेको बैठकमा सहभागी एमाले नेता बेदुराम भुषालले जानकारी दिए।
प्रतिनिधि सभामा एमालेका १२१ र माओवादीका ५३ सासंद छन्।
राष्ट्रिय सभामा एमाले र माओवादीका ३९ सांसद छन्।
दुई दिनसम्म सासंदहरुलाई एमाले संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी ससदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय मर्यादा र व्यवहार, संसदीय समितिको भूमिका र राजनीति बिषयमा प्रशिक्षण दिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।
संघीय सांसदले २० गते सपथ लिदैछन् भने २१ गते दुवै सदनको पहिलो बैठक आह्वान गरिएको छ।