सर्वोच्च अदालतले सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ।
भरत बस्नेतले इम्बोस्ड नम्बर तत्काल प्रयोग गर्न नहुने माग गर्दै हालेको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले बिहीबार अन्तरिम आदेश दिएको हो।
गत भदौ ५ गते यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट सुरू गरेको थियो।
उच्च प्रविधिमा आधारित र सवारी ट्रयाकिङ समेत गर्न सक्ने नम्बर प्लेटको जडान सुरुवातमा चर्चाको विषय बन्यो। भाषा र समयलाई लिएर सुरुदेखि नै यसको आलोचना पनि हुन थाल्यो।
नम्बर प्लेटमा हामीले प्रयोग गर्न छोडेको प्रशासनिक इकाई-अञ्चल प्रयोग गरियो।
सार्वजनिक भएको पहिलो इम्बोस्ड नम्बर प्लेटमा बाग्मती अन्चल लेखिएको थियो, त्यो पनि अंग्रेजीमा!
सामाजिक सञ्जाल प्रयोगकर्ताले संघीयतामा गएपछि किन अञ्चल? अनि नेपाली अक्षर खोइ? लगायत प्रश्न गरेका थिए।
पढ्नुस् इम्बोस्ड नम्बर प्लेटको विवाद के हो?