नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजी गर्ने बताएका छन्।
महामन्त्री कोइरालाले सर्वसम्मत भएमात्रै आफू संसदीय दलको नेता बन्न चाहेको पनि स्पष्ट पारेका छन्।
संसदीय दलको नेताको चुनाव भने नलड्ने उनको योजना छ। मंगलबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै महामन्त्री कोइरालाले एमाले र माओवादी केन्द्रबीच एकता गर्ने सहमति भएकोमा आफू खुसी भएको प्रतिक्रिया पनि दिए।
महामन्त्री कोइरालाले पार्टीलाई जोगाएर अघि बढाउने योजना पनि अघि सारे। उनले पार्टीलाई प्रतिपक्षमा हुँदा नै संगठित गर्न सहज हुने धारणा समेत राखे।