त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले ९ बुँदे लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरेका छन्।
घट्टेकुल स्थित काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्बन्धन नदिने त्रिविको निर्णय सर्वोच्च अदालतका न्यायाधीश डम्बर बहादुर शाहिको इजलासले खारेज गरेको थियो। मापदण्ड नै नपुगेको भवनलाई मेडिकल कलेज बनाउन दिने गरि न्यायाधीश शाहिको इजलासले आदेश गरेको भन्दै डाक्टर केसीले आपत्ति जनाएका थिए। न्यायालय मेडिकल माफियाको जालमा परेको भन्ने उनको आरोप थियो। उनको यहि आरोपले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा उनलाई कारबाही गर्न निवेदन परेको थियो।
सर्वोच्चले उक्त मुद्दामा डाक्टर केसीको लिखित जावाफ मागेको थियो। उक्त लिखित जवाफमा उनले भनेका छन्, ‘मेरो भनाई गलत निर्णय गर्ने न्यायाधीश विरुद्ध हो, न्यायालय विरुद्ध होइन’ र यस कुरामा आफू दृढ रहेको भन्दै उनले अदालतसामू लिखित बयान पेश गरेका छन्।
लिखित जवाफमा उनले चिकित्सा क्षेत्रको सुधारका लागि आफ्नो आन्दोलन जारी रहेको समेत उल्लेख गरेका छन्।
हेर्नुहोस् उनले पेश गरेका ९ बुँदे लिखित जवाफ