प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्द सुब्बाले प्रदेश सरकारले निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्नतर्फ लाग्नुपर्ने बताएका छन्।
प्रदेश नम्बर १ मा एमाले र माओवादी केन्द्रले जनतासामू गरेको प्रतिज्ञा जनअनुमोदित भएको बताउँदै प्रदेश प्रमुख सुब्बाले प्रतिज्ञाहरू पूरा गर्नतर्फ प्रदेश सरकार केन्द्रीत हुनुपर्नेमा जोड दिए।
अन्तर्राष्ट्रिय केलाङ महोत्वसको उद्घाटन गर्न पाँचथरको सदरमुकाम फिदिम आइपुगेका सुब्बाले संघीयता कार्यान्वयनमा देखिएका अन्यौल प्रदेश कानून निर्माणसँगै अन्त्य हुने बताए।
सुब्बाले संघीयताको मर्मअनुसार जनतालाई घर दैलोमा सेवा पुर्याउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताए।