पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘चोरलाई चौतारी’ मात्रै दिने काम गरेको भन्दै आक्रोश व्यक्त गरेकी छन्।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै उनले आक्रोश व्यक्त गरेकी हुन्।
यसका साथै उनले सरकारकै संरक्षणमा मुलुकमा बलात्कारको घटना बढ्दै गएको आरोप लगाएकी छन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले बलात्कारजस्तो राज्यविरुद्धको अपराध हुँदा समेत त्यसलाई मिलाउन प्रहरी प्रशासनले पैसाको चलखेल गर्ने गरेको भन्दै आपत्ति जनाएकी हुन्।
कार्यक्रममा बोल्दै उनले न्यायका लागि पहल कदमी लिन पनि पीडितहरूलाई आग्रह गरिन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले राज्य आर्दश भए मानव अधिकारको क्षेत्रमा देखिएको समस्या आफैँ समाधान भएर जाने विश्वास पनि व्यक्त गरिन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले बलात्कार लगायतका घटना हुन नदिन प्रहरी प्रशासनले विशेष निगरानी राख्नुपर्नेमा जोड दिइन्।