नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन सबै समुदायको सहभागितामा जोड दिनुपर्ने बताएका छन्।
संयोजक भट्टराईले मुलुकलाई सही अर्थमा लोकतान्त्रिक मुलुक बनाउन विकास र समृद्धिको दिशामा सबै समुदायलाई सहभागी गराउनुपर्ने तर्क गरे।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तिब्बतसँग व्यापार नभएकै कारण नेपाल आर्थिक रूपमा कमजोर बन्न पुगेको पनि स्मरण गराए। मल्लकालीन समयमा नेपालले आर्थिक रूपमा प्रगति गर्नुमा तिब्बतसँगको व्यापार भएको पनि स्पष्ट पारे।
संयोजक भट्टराईले नेपाल प्राचीन कालमा समृद्ध रहेको चर्चा पनि गरे। उनले मुलुकको समृद्धिका लागि सचेत भएर अघि बढ्न समेत युवाहरूलाई आह्वान गरे।