पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै प्रश्न तेर्स्याएका छन्।
ज्ञानेन्द्रले विज्ञप्ति जारी गर्दै प्रजातन्त्र निर्वाचनहरूको आयोजना मात्र भएको भ्रम नराख्न आग्रह समेत गरेका छन्। ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘राजनीतिक परिवर्तनपछिको दशकमा देश र जनताको हितप्रति संवेदनशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रीत सोचको पासोमा देशको राजनीति अल्झिएको छ, त्यसको समिक्षाको समय आएको छ। सिमित व्यक्तिहरूको स्वार्थ रक्षालाई नै प्रजातन्त्रको रूपमा आत्मसात गरिदिनुपर्ने हो कि होइन?’
ज्ञानेन्द्रले प्रजातन्त्र संस्थागत गर्ने र समस्या समाधान गर्ने क्रममा भएका सम्झौता र समझदारीले प्राथमिकता नपाएको उल्लेख गरेका छन्।
‘कानूनी राज र सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताहरूले कहिलेसम्म बेहोरि रहनुपर्ने हो?’, ज्ञानेन्द्रले प्रश्न गरेका छन्।
ज्ञानेन्द्रले राष्ट्रियता र राष्ट्रिय एकता समृद्ध बनाउने साधनको रूपमा प्रजातन्त्र प्रयोग हुनुपर्ने उल्लेख गरेका छन्।