सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एक भइसकेको दाबी गरेका छन्।
उपाध्यक्ष गौतमले २ पार्टी बीचको एकता निष्कर्षमा पुग्ने र मुलुकमा संयुक्त सरकार बन्ने पनि स्पष्ट पारेका छन्। आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय परिसरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले एकताको विषयमा भरेभोलि नै टुंगोमा पुगिने विश्वास पनि व्यक्त गरे। उपाध्यक्ष गौतमले पार्टी एकताको घोषणा भने प्रतिनिधिसभा संसद बैठक आह्वान भइसकेपछि मात्रै हुने योजना पनि सार्वजनिक गरे।
पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका गौतमले पार्टी एक भइसकेको र त्यसमा ‘ता’ जोड्न मात्रै बाँकी रहेको टिप्पणी गरे।