प्रदेश नं. ६ को संसद सचिवालयमा प्रदेश प्राप्तिका लागि साहदत प्राप्त सहिदहरुको तस्विर राख्न माग गरिएको छ।
शनिबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा माओवादी केन्द्रबाट सांसद् धर्मराज रेग्मीले प्रदेश प्राप्तिका निम्ति ज्यान गुमाएका चारै जना सहिदहरुको तस्बिर बैठक कक्षमा देखिने गरि भित्तामा टाँस्न आग्रह गरेका हुन् ।
उपसभामुखको प्रस्तावक रहेका सांसद् रेग्मीले ‘उपसभामुख निर्वाचित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा यस्तो माग गरेका हुन्। उनले प्रदेश प्राप्तिका लागि साहदत प्राप्त सहिदहरु गोपालसिंह रजवार, यामबहादुर विसी, टिकाराम गौतम, हरिबाबु कुँवरका तस्विरहरु राख्न आग्रह गरेका हुन् ।
उपसभामुखमा घर्तीयसैबीच, शनिबारको बैठकले माओवादी केन्द्रका सांसद् पुष्पा घर्ती (विष्ट)लाई उपसभामुख घोषणा गरेको छ। उपसभामुखको उम्मेदवारी दिन तोकिएको समयभित्र घर्तीको एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध उपसभामुखमा चयन भएकी हुन्। उपसभामुखमा घर्तीलाई पुष्पा घर्तीले समर्थन गरेकि थिइन् ।
यस्तै, वैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेशसभाको बैठक सञ्चालन गर्न पाँचजना सांसदहरुलाई मनोनयन गरेको छ। जसमा सांसदहरु गणेशप्रसाद सिंह, दिनबन्धु श्रेष्ठ, पदमबहादुर रोकाय, राजु नेपाली र सोशिला शाही छन्।