महानगरीय प्रहरी बृत दरबारमार्गको जिम्मेवारी डिएसपी दानबहादुर मल्ललाई दिइएको छ। दरबारमार्गका तत्कालीन प्रमुख डिएसपी तीलक भारती बलात्कार घटनामा मुछिएपछि उनलाई कारबाहीका लागि जिल्लामा तानिएको थियो।
दरबारमार्गमा यस अघिनै आउने कोशिश गरे पनि मल्ल आउन भने सकेका थिएनन्। मल्ल लामो समयदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालका बढीगार्डका रूपमा रहँदै आएका थिए।