प्रदेश नं. ६ मा आइतबार मात्र मन्त्रिपरिषद विस्तार हुने भएको छ। वाम गठबन्धनले शुक्रबार मन्त्रिपरिषद विस्तारको तयारी गरे पनि हुन सकेको छैन।
गठबन्धनभित्रका दुई दल नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलभित्र कुरा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो।
प्रदेश सरकारमा जान एमालेका भागमा ४ मन्त्री भाग परे पनि ६ जनाले दाबी गरेका छन्। त्यस्तै माओवादीको भागमा २ मन्त्री भाग परेको भए पनि ३ जनाले दाबी गरिरहेका छन्।
एमालेका तर्फबाट सांसदहरु प्रकाश ज्वाला, गुलाबजंग शाह, दल रावल, खड्क खत्री, चन्द्र शाही र सुशील थापाले दाबी गरिरहेका छन्।
माओवादी केन्द्रका तर्फबाट भने नरेश भण्डारी, विमला केसी तथा विन्दमान विष्टको दाबी छ।