प्रदेश नम्बर ६ को प्रदेशसभाको उपसभामुख पदमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्तीको एकल उम्मेदवारी परेको छ। घर्तीको समर्थकमा नेकपा एमालेकी सांसद मिनासिंह रखाल र प्रस्तावकमा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी छन्।
शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको चौथो बैठकले घर्तीलाई उपसभामुख चयन गर्नेछ।
उपसभामुखमा मनोनयन दर्ता गरेकी घर्तीले सबैलाई मिलाएर सबल प्रदेश निर्माणको यात्रामा अघि बढ्ने बताएकी छन् । ६ नम्बर प्रदेशमा अभाव धेरै रहेको बताउँदै उनले ती अभाव पूर्ति गर्न संसदमा रहेका सबै एकजुट बन्नुपर्नेमा जोड दिइन्।