प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफ्ना भावी योजनाहरू अघि सारेका छन्।
शुक्रबार एक कार्यक्रमबीच मुख्यमन्त्री शाहीले आफ्ना योजनाहरू अघि सारेका हुन्।
उनले भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य पर्यटनलाई विशेष ध्यान दिँदै समृद्ध प्रदेश बनाउने आफ्नो योजना रहेको बताएका छन्।
यी हुन् योजनाहरू:
१. ६ नम्बर प्रदेशमा रहेका प्रत्येक स्थानीय तहमा सडक सञ्जाल र विद्युतको पहुँच विस्तार गर्ने।
२ . दक्ष जनशक्ति उत्पादनका लागि हरेक विधाका शैक्षिक संस्थाको विकास गरी योग्य जनशक्ति उत्पादन गर्ने र रोजगारीको वातावरण बनाउने।
३. ६ नम्बर प्रदेशका प्रत्येक जिल्लामा सुविधा सम्पन्न अस्पतालहरूको विकास गर्ने।
४. मानसरोवर, छायानाथ, कैलाश पर्वत, राराताल, शे-फोक्सुडो ताल, सुर्खेतको काक्रेविहार, कालिकोटको त्रिवेणी, दैलेखको ज्वाला केन्द्र जस्ता कर्नाली प्रदेश भरीका साना ठूला सबै धार्मिक तथा प्राकृतिक क्षेत्रहरूलाई पर्यटक क्षेत्रको रूपमा विकास गर्ने,
५ . कर्नाली प्रदेश हिमालय पर्वतको बढी प्रभाव क्षेत्र भएकाले अहिले व्याप्त बढ्दो जलवायु परिवर्तनले पारेको असरलाई नियन्त्रण गर्न यो प्रदेशलाई ‘ग्रीन प्रदेश’को रूपमा विकास गर्ने