प्रदेश नम्बर ५ माएमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्य मन्त्रीमा र एमालेबाट वैजनाथ चौधरी र माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले मन्त्रीको सपथ लिँदैछन्।
दिउँसो ३ बजे प्रदेश प्रमुखको निजी सचिवालयको हातामा मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले शपथ गराउने छन्। लगत्तै मुख्यमन्त्री पोखरेलले चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र केसीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीको रूपमा सपथ खुवानेछन्।
शपथ कार्यक्रमका लागि नेपाली सेनाले मञ्च व्यवस्थापन गरिसकेको छ।
पोखरेलले शपथ ग्रहणपछि बिहीबार नै पदभार ग्रहण गर्नेछन्। पदभार ग्रहण अघि मन्त्रिपरिषद बैठक बस्ने र पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको प्रमुख सचिव शंकर पाठकले जानकारी दिए। पदभार ग्रहणपछि मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।