प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गरेका छन्।
उनलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
उनीसँगै आर्थिक मामला तथा योजना मन्त्री विजयकुमार यादव र भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि सपथ ग्रहण गरेका छन्।
बुधबार बिहान राउत मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए।