राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तबारे जारी गरेको विज्ञप्तिमा त्रुटी देखिएता पनि वेबसाइटमा भने सच्याएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरेको थियो। तर, जारी विज्ञप्तिमा गम्भीर त्रुटी देखियाे ।
तर, विज्ञप्तिमा त्रुटि देखिएता पनि अहिले वेबसाइटमा भने सच्याएको छ।
विज्ञप्तिमा ‘अाज मिति २०७३ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालकाे संविधानकाे धारा ७६ काे उपधारा (२) बमाेजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री केपी शर्मा अाेलीज्यूलार्इ नेपालकाे प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकाे छ’ भनिएकाे छ ।