प्रदेश नम्बर ५ का मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण आज हुँदैछ।
आज दिउँसो ३ बजे प्रदेश प्रमुखको निजी सचिवालयको हातामा मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले सपथ गराउने छन्।
सपथ कार्यक्रमका लागि नेपाली सेनाले मञ्च व्यवस्थापन गरिसकेको छ।
पोखरेलसँगै एमाले र माओवादी केन्द्रका एक/एक जनाले सपथ लिनेछन् ।
एमालेबाट वैजनाथ चौधरी र माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले सपथ लिने तयारी छ।
केसीले आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हाल्ने छन् भने चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने टुंगो लागेको एमाले मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए।