एमाले सांसद एंव पूर्वडीआईजी नवराज सिलवालविरुद्धको मुद्दामा नेपाल प्रहरीले गरेको अनुसन्धान सकिएको छ। अनुसन्धान प्रतिवेदन तयार पारेर प्रहरीले रायसहित प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुधबार बुझाएको छ।
काठमाडौं जिल्ला वकिल कार्यालयका प्रमुख सूर्य दाहालले प्रहरीको प्रतवेदन आफूलाई प्राप्त भएको र त्यसबारे अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने बताए।
प्रहरीले तयार पारेको प्रतिवेदन कीर्ते मुद्दामा सिलवाल दोषी रहेकाले उनीविरुद्ध अदालतमा मुद्दा चलाउनु पर्ने राय उल्लेख भएको प्रहरी स्रोतले जानकारी दियो।
सरकारी वकिलको कार्यालयले छलफलपछि मात्रै प्रहरीको रायसहितको प्रतिवेदन दर्ता गरेको थियो।
अति गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्यांकन फारम किर्ते गरेको ठहरपछि प्रहरीले सिलवालविरुद्ध छानबिन थालेको थियो।
छानबिनपछि सिलवाल फरार छन्।