राष्ट्रिय जनता पार्टी नेपालका सांसद सरोजकुमार यादव प्रदेश नम्बर २ को सभामुखमा निर्विरोध भएका छन्।
सभामुखमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएको राजपा नेता मनिषकुमार सुमनले जानकारी दिए।
सभामुखमा निर्विरोध भएका यादव बारा १ को (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए।
प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राजपाले मुख्यमन्त्री र सभामुख भागबन्डा गरेका छन्।
प्रदेश २ मा फोरमले मोहम्मद लालबाबु राउतलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ।