सुदूर-पश्चिमाञ्चल विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले काठमाडौंको सिनामंगलस्थित विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ।
गत पुस २९ गते बसेको सुदूर-पश्चिमाञ्चल विश्वविद्यालय सभाले ऐन विपरीत प्राध्यापकहरूको पेशागत हक अधिकार विरुद्ध नियमावली संशोधन गरेको भन्दै सोमबार संघर्ष समितिले विश्वविद्यालयको काठमाडौं सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो।
सुदूर-पश्चिम विश्वविद्यालय ऐनमा भएको व्यवस्था अनुसार विश्वविद्यालय र क्याम्पसहरूबीच समायोजनसम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक, कर्मचारी जो जुन अवस्थामा छन् सोही अवस्थामा समायोजन गर्नुपर्ने माग पनि संघर्ष समितिले गरेको छ। समायोजन भइसकेको सिद्धनाथ बहुमुखी क्याम्पसको नजिर अनुसार अरुलाई पनि समायोजन गर्नुपर्ने तर्क पनि समितिले गर्दै आएको छ।
संघर्ष समितिले सेवा सुविधा तथा सर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजन भई आएका शिक्षक, कर्मचारी सरह हुनुपर्ने माग पनि गर्दे आएको छ।