राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको सूचि टुङ्ग्याएको छ।
सोमबार बसेको बैठकले ६ जना उम्मेदवार सुचि बनाएको राजपा नेता केशव झाले सेतोपाटीलाई बताए।
सूचिमा रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्ग परेका छन्।
संवैधानिक बाध्यता अनुरुप राजपाले सबै महिला सासंद सूचि बनाएको हो।