नेपाली कांग्रेसले चालिसै जना समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको थियो।
कांग्रेस नेता अनुसार उक्त सूचीलाई अन्तिम टुंगो लगाएर आज निर्वाचन आयोगमा बुझाइएको हो।
यी हुन् समानुपातिक सूचीमा परेकाहरूखस/आर्य (पुरुष): बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे
आदिवासी जनजाति: बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्य भण्डारी
दलित : मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली,
मधेसी: विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय
थारू : पद्यमनारायण चौधरी, पार्वती डिसी चौधरी, रमीता चौधरी
मुस्लिम : अतहर कमल मुसलमान, सर्वत आरा खातुन
महिला (खस/आर्य): सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा
महिला (जनजाति): ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा
महिला (दलित) : सुजाता परियार, लक्ष्मी परियार सेवा, विमला नेपाली
महिला (मधेसी): सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा