प्रदेश नम्बर ५को सभामुखमा नेकपा माओवादी केन्द्रले पूर्णबहादुर घर्तीलाई उम्मेदवार बनाउने भएको छ।
माओवादी केन्द्रको प्रदेश स्तरीय भेला आइतवार राति रुकुम पूर्व ख बाट निर्वाचित घर्तीलाई प्रदेश सभामुखको रूपमा चयन गर्ने प्रस्ताव पारित गरेको हो।
आइतबार दिउँसो माओवादीले ५ नम्बर प्रदेशको संसदीय दलको नेतामा रोल्पाको १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुलप्रसाद केसीलाई नेतामा चयन गरेको थियो।
घर्ती सभामुखमा निर्वाचित हुने लगभग निाश्चित छ। दुई वाम दलबीच सो प्रदेशमा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने भागबन्डा भइसकेको छ। प्रदेशको उपसभामुख पनि एमालेको भागमा परेको छ। एमालेले उम्मेदवार भने टुंग्याइसकेको छैन।
सोहीअनुरुप माओवादीको समर्थनमा एमालेका शंकर पोखरेलले मुख्यमन्त्रीमा दाबी गर्दै प्रदेश प्रमुखलाई पत्र पनि पठाइसकेका छन्। प्रदेश नम्बर ५ को सभामुखको चुनाव फागुन २ गते हुँदैछ।