नेकपा एमालेले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङलाई बनाउने भएको छ।
यो सँगै गुरूङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएका हुन्।
मुख्यमन्त्रीमा एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङले दाबी गर्दै आएका थिए। चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा आएका थिए।
उनैको उपस्थितिमा भएको छलफलमा पृथ्वीसुब्बालाई संसदीय दलको नेता बनाउने सहमति भएको हो।