संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रदेश नम्बर २ मा प्रदेश सरकार गठनका लागि सहमति भएको छ।
बबरमहलस्थित राजपाको पार्टी कार्यालयमा शनिबार बसेको दुई पार्टीका शीर्ष नेताहरुको बैठकमा फोरमलाई मुख्यमन्त्री र राजपालाई सभामुख हुने गरी भागवण्डाको सहमति भएको हो ।
फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले हस्ताक्षर गरेको सहमति पत्रमा मुख्यमन्त्री र उपसभामुखसहित ३ मन्त्रालय र राजपाले सभामुखसहित तीन मन्त्रालय राख्ने उल्लेख छ ।
सहमति पत्रमा मुख्यमन्त्रीसहित फोरमले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उससभामुख पाउने उल्लेख छ।
त्यस्तै राजपाले सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय पाउने उल्लेख छ।