नेकपा एमालेले प्रदेश ३ को सभामुख सानुकुमार श्रेष्ठलाई बनाउने भएको छ।
श्रेष्ठ काठमाडौं २ बाट प्रदेश सदस्य चयन भएका थिए। श्रेष्ठलाई सभामुख र डोरमणि पौडेललाई मुख्यमन्त्री बनाउने गरि एकसाथ एमाले नेतृत्वले निर्णय लिएको हो।
श्रेष्ठले आफूले सभामुखका लागि शुक्रबार मनोनयन दर्ता गर्ने सेतोपाटीलाई बताए। संसदीय दलको नेता चयन भएसँगै पौडेलले अब सभामुखको उम्मेद्वार टुङ्गो लगाउने छन्।
एमाले पोलिट ब्यूरो सदस्य समेत रहेका श्रेष्ठले मन्त्री बन्न नचाहेपछि उनलाई सभामुख बनाउन लागिएको हो। प्रदेश ३ मा उपसभामुख भने माओवादी केन्द्रले पाएको छ।
१ सय १० सदस्यीय प्रदेश ३ मा एमालेको एकल बहुमत छ। उसका ५८ सदस्य छन्।