नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री राजेन्द्र पाण्डेले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा उम्मेदवारी फिर्ता लिएका छन्।
बिहिबार एक कार्यक्रमबीच आफू प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा योग्य रहेको दाबी समेत गरेका उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका हुन्।
आज एमालेले प्रदेश नम्बर ३ को पार्टी संसदीय दलको नेता चयन गर्दैछ।
शुक्रबारका लागि तोकिएको चुनावमा अष्टलक्ष्मी शाक्य र डोरमणि पाैडेलले उम्मेदवारी दर्ता गरेका छन् ।