नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।
प्रदेश सभामा संसदीय दल गठन र सञ्चालन सम्बन्धी विधानमाथि छलफल गर्न उक्त बैठक बस्न लागेको हो।
नेता मिनेन्द्र रिजालको संयोजकत्वमा बनेको समितिले उक्त विधान मस्यौदा गरेको छ। त्यही मस्यौदाको छलफल र पारितका लागि आकस्मिक रूपमा केन्द्रीय समिति बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
शुक्रबार बिहान ९ बजेदेखि उक्त बैठक बस्ने छ।