नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री राजेन्द्र पाण्डेले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेता पाण्डेले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा आफू योग्य रहेको दाबी समेत गरे। शुक्रबार एमालेले प्रदेश नम्बर ३ को पार्टी संसदीय दलको नेता चयन गर्दैछ । नेता पाण्डेले सकेसम्म सहमतिमा आफू दलको नेता बन्न कोशिस गर्ने पनि स्पष्ट पारे।
विहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनँले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउन जलस्रोत र पर्यटन क्षेत्रको विकासमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेता पाण्डेले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई नहुने दाबी गरेका छन्।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल एकीकृत पार्टीको अध्यक्ष बन्ने दावी गरे। उनँले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने बताए।
नेता बिडारीले एमालेसँग पार्टी एकताका लागि केही समय भने लाग्न सक्ने स्पष्ट पारे।