दुई नम्बर प्रदेश बाहेकका बाँकी प्रदेशमा आज बिहान १० बजेदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान जारी छ। २ नम्बरबाट चुनिने आठै सदस्य निर्विरोध भइसकेकाले उक्त प्रदेशमा चुनाव गर्न नपर्ने निर्वाचन आयोगले जानकारी दिएको छ।
सातै प्रदेशबाट छानिने ५६ मध्ये २४ सिटमा उम्मेदवारी मनोनयनकै बेला निर्विरोध भइसकेको छ।
बाँकी सिटका लागि ६ वटा प्रदेशमा मतदान हुने भएको हो। निर्वाचन आयोगका अनुसार ३२ सिटमा ५२ प्रतिस्पर्धी छन्। प्रदेश नम्बर ३ र ६ मा मात्रै सबै पदका लागि चुनाव हुने आयोगले जनाकारी दिएको छ।
हेर्नुहोस् तस्बिरमा:
[caption id="attachment_130211" align="alignnone" width="1200"]
ललितपुरको जावलाखेलस्थित भलिबल मैदानमा मतदानका लागि लामबद्ध मतदाता।तस्बिर : नारायण महर्जन[/caption]
[caption id="attachment_130215" align="alignnone" width="3600"]
प्रदेश–४ को पोखरास्थित लोकसेवा आयोेगको क्षेत्रीय निर्देशनालयमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा बुधबार मतदान गर्दै मतदाता । तस्वीर : रासस[/caption]
[caption id="attachment_130216" align="alignnone" width="3600"]
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश–४ को पोखरास्थित लोकसेवा आयोगको क्षेत्रीय निर्देशनालयमा बुधबार भएको मतदानमा परिचयपत्र देखाउँदै लामबद्ध मतदाता । तस्वीर : रासस[/caption]
[caption id="attachment_130221" align="alignnone" width="3600"]
प्रदेश–४ को पोखरास्थित लोकसेवा आयोगको क्षेत्रीय निर्देशनालयमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा बुधबार मतदान गर्दै मतदाता । तस्वीर: रासस[/caption]