दाङको घोराही सिमेन्ट उद्योगले हालै स्थापना गरेको नयाँ प्लान्ट चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द गरिदिएको छ।
स्थानीय उद्योग प्रभावित जनतासँग भएको सहमति विपरित स्थानीयलाई झुक्याएर सिमेन्टको उत्पादन दोब्बर बढाउन लागिएको हुँदा प्लान्ट वन्द गर्नुपरेको उक्त पार्टीका जिल्ला सेक्रेटरी बिक्रमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
वातावरणीय प्रदुषण र मानवीय स्वास्थ्यलाई प्रतिकृल असर पुग्ने गरी नयाँ प्लान्ट जडान गरिएको हुँदा कालो व्यानर राखेर प्लान्ट बन्द गराइएको हो।
साथै विज्ञप्तिमा घोराही सिमेन्टले उद्योगले प्रभावित जनतासँग गरेका पुराना सम्झौंता कार्यान्वयन नगरी वातावरणिय स्वच्छता र मानवीय स्वास्थ्यलाई प्रतिकुल असर हुनेगरि विभिन्न पक्षसंगको मिलेमतोमा जनतालाई झुक्याउन खोजेको अरोप लगाइएको छ । आफ्नो उत्पादन दोब्बरले बढाउन स्थानीयको स्वास्थ्यसँग खेलवाड नगर्न सचेत तुल्याइएको छ।
वातावरणीय प्रदुषणलाई नियन्त्रण गरी प्रदुषणरहित वातावरण बनाउन पहल गर्नुको साटो उल्टै विभिन्न निकायसँग मिलोमतो गरि अहिले उत्पादन भईरहेको भन्दा गैरकानुनी ढंगले दोब्बर बढी उत्पादन गर्न नयाँ प्लान्ट स्थापना गरिएको भन्ने उद्योग प्रभावित जनताको आग्रहमा बन्द गरिएको जिल्ला सक्रेटरी विक्रमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।