प्रदेश नम्बर २ मा सरकार निर्माण गर्ने प्रमुख दुई दलबीचको वार्ता बिना निश्कर्ष टुंगिएको छ।
जनकपुरको सीता शरण होटलमा सरकार निर्माणको विषयमा राजपा नेपाल र संघीय समाजवादी फोरमबीच आज भएको वार्ता निष्कर्षमा नपुगी टुंगिएको हो।
प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम सबैभन्दा ठूलो दल हो भने राजपा नेपाल दोश्रो ठूलो दल हो। प्रदेशमा सबैभन्दा ठूलो दल भएको कारणले संघीय समाजवादी फोरम नेपालले सरकारको नेतृत्व पाउनुपर्ने अडान लिँदै आएको छ। राजपाले पनि सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ।
दुवै पार्टीबीचमा सरकार निर्माणलाई लिएर औपचारिक वार्ता भने आजबाट सुरू भएको हो। बैठकमा सहभागी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकार निर्माण विषयमा वार्ता जारी रहेकाले आगामी बैठकले निश्कर्ष दिने बताए।
जारी वार्तामा संघीय समाजवादी फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, संसदीय दलका नेता लालबाबु राउत, प्रदेश अध्यक्ष रेणु यादवको सहभागिता रहेको छ।
यस्तै, राजपा नेपालकातर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव सहभागी छन्।
https://www.facebook.com/setopati/videos/1762198503850715/