प्रदेश नम्बर ३ को राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
ललितपुरको मानभवनस्थित प्रदेश नम्बर ३, निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। निर्वाचन सहायक अधिकृत समीकपुर साहले प्रदेश नम्बर ३ मा ३ सय ४८ जना मतदाता र १४ जना उम्मेदवार रहेको बताए।
प्रदेश नम्बर ३ को राष्ट्रिय सभा निर्वाचनको मतदान बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म ललितपुरको जावलाखेलस्थित भलिबल मैदानमा हुनेछ।
सहायक निर्वाचन अधिकृत साहले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था सुदृढ रहेको बताए। उनले मतदानस्थल वरपरसमेत उच्च सुरक्षा सतर्कता अपनाइने पनि जानकारी दिए।
प्रदेश नम्बर ३ मा राष्ट्रिय सभा निर्वाचनका लागि १ सय १० जना प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ जना मतदाता रहेका छन।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू हुने पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
https://www.youtube.com/watch?v=2IDFpgnh0tU